२८ आश्विन २०८३, बुधबार

जन्मकैदको सजाय पाएका रेशम चौधरी यसरी छुटे जेलबाट (फोटो तथा भिडिओ)

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । कैलालीको टीकापुर हत्याकाण्डका मुख्य दोषी रेशम चौधरी जेलमुक्त भएका छन् ।

गणतन्त्र दिवसको उपलक्ष्यमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनको बाँकी सजाय माफी गरेसँगै चौधरी जेलमुक्त भएका हुन् ।

आज सोमबार बिहान डिल्लीबजार कारागारबाट जेलमुक्त भएपछि उनी घर फर्किएका छन् ।

टीकापुर घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात जना प्रहरी र एक बालकको सामूहिक निर्मम हत्या भएको थियो ।

जेलमुक्त गरिएका चौधरीलाई लिन उनकी पत्नी तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता चौधरी कारागार पुगेकी थिइन् । उनलाई पार्टीका नेता तथा कार्यकर्ताले फूलमाला लगाएर स्वागत गरेका थिए ।

रिहा भएका चौधरी आजै सिधै कैलालीको जानकी गाउँपालिका–६ जगतपुर स्थित घर पुग्ने बताइएको छ ।

हेरौँ उनी जेलबाट छुट्दाका भिडिओ र केही तस्वीरहरू–