
काठमाडौं, १५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीलाई उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् ।
१६औँ गणतन्त्र दिवसका अवसरमा आज सोमबार सैनिक मञ्च टुँडीखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा जगाउने र बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका हुन् ।
उनले संविधान कार्यान्वयन र शासन सञ्चालनमा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति नै भ्रम र वितृष्णा छर्ने प्रयास कदापि सफल नहुने पनि बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले मुलुकमा सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपालका लागि राष्ट्रिय एकताको खाँचो रहेको तथ्यलाई गम्भीरतापूर्वक लिन सबैमा अपिल गरे ।













प्रतिक्रिया