२८ आश्विन २०८३, बुधबार

नेपाल लाइफ इन्स्योरेन्सले गर्‍यो एकै जनालाई ६४ लाख रुपैयाँ दाबी भुक्तानी

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एकै जनालाई ६४ लाख २५ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

कैलालीको टीकापुर नगरपालिका घर भएका बीमित नरबहादुर साउदकी श्रीमती ज्ञानुदेवी साउदलाई रकम हस्तान्तरण गरिएको बम्पनीले जनाएको छ ।

उक्त रकम बराबरको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीण रमण पराजुलीले ज्ञानुदेवीलाई हस्तान्तरण गरे ।

प्राणघातक क्यान्सर रोगका कारण बीमित साउदको गत वैशाख १६ गते मिृत्यु भएको थियो । स्यर्गीय साउदले २०७५ भदौ १३ गते ५० लाख रुपैयाँ बीमाङ्कको बीमा पोलिसी खरिद गरेका थिए ।

कम्पनीले बीमाङ्कबापतको रकम ५० लाख रुपैयाँ र बोनसबापत १४ लाख २५ हजार रुपैयाँ गरी जम्मा ६४ लाख २५ हजार रुपैयाँ बीमितको इच्छाइएको व्यक्ति (श्रीमती) लाई प्रदान गरेको हो ।

कागजात प्राप्त भएको पाँच दिनभित्रनै कम्पनीले भुक्तानी गरेको जनाएको छ । दाबी प्रक्रियालाई चुस्त दुरुस्त, छिटोछरितो बनाउन कम्पनीले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।