
तनहुँ, १४ जेठ । प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार नारायण खड्कालाई प्रदान गरिने भएको छ ।
प्रेस चौतारी नेपाल तनहुँको अध्यक्ष राजकुमार श्रेष्ठ (बीबी)को अध्यक्षतामा बसेको बैठकले खड्कालाई पुरस्कार दिने निर्णय गरेको हो ।
पत्रकारितामा लामो समयदेखि क्रियाशील खड्का सगरमाथा टेलिभिजनको जिल्ला सम्वाददाता र भन्ज्याङ राष्ट्रिय दैनिकका सम्पादक हुन् ।
चौतारीले जिल्लाका क्रियाशील पत्रकारहरूलाई वर्षेनी पुरस्कृत गर्दे आइरहेको छ ।
बैठकले यही जेठ १९ गते शाखाको साधारण सभा गर्ने निर्णय पनि गरेको छ ।













प्रतिक्रिया