२८ आश्विन २०८३, बुधबार

सिएट टायरको सिएट सपी बालकुमारी ललितपुरमा, ५ देखि १५ प्रतिशतसम्म छुट पाइने

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । नारायणी अटो बिजनेस प्रालिले ‘सिएट सपी’ नामक सिएट टायरको नयाँ सोरुम ललितपुरको बालकुमारीमा शुभारम्भ गरेको छ ।

सिएट इडियाअन्तर्गत अन्तर्राष्ट्रिय व्यापारका भाइस प्रेसिडेन्ट सत्य रावले आज आयोजित समारोहकाबीच सोरुमको शुभारम्भ गरे ।

नयाँ सोरुम उद्घाटनको अवसरमा सिएट टायरको मोडेल अनुरुप ५ देखि १५ प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनीले जानकारी गराएको छ ।

अन्य उस्तै खालका टायर भन्दा उत्कृष्ट कार्यक्षमताका लागि सिएटले फाइभ स्टारको मान्यता प्राप्त गरेको बताएको छ । गाडीहरुको चक्कामा सरल एवम् सन्तुलित तवरले प्रयोग गर्न सकिने सिएटमा सुरक्षाका विशेषताहरुले पनि सम्पन्न रहेको कम्पनीको दाबी छ ।

त्यसैगरी, यस उत्पादनले इन्धनको खपत न्यूनीकरण गर्न पनि सहयोग गर्दछ ।