
काठमाडौं, १४ जेठ । चालू आर्थिक वर्ष २०७९/८० को फागुनसम्म सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको संख्या ३६ लाख ८३ हजार ६ सय ५८ रहेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले यस्तो तथ्याङ्क देखाएको हो । सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा प्रतिव्यक्ति आय वार्षिक १३ सय ९९ अमेरिकी डलर पुगेको छ ।
यस्तै, नेपालीको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन ८.१ प्रतिशतले बढेर १ लाख ८२ हजार ६ सय ७३ रुपैयाँ पुगेको अनुमान छ ।
गत आर्थिक वर्षमा यस्तो प्रति व्यक्ति आय १ लाख ६९ हजार ३८ रुपैयाँ मात्र थियो । यस अवधिमा प्रति व्यक्ति कुल राष्ट्रिय आय भने १४ सय १० अमेरिकी डलर र प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय १७ सय ५२ अमेरिकी डलर पुग्ने अनुमान छ ।
पढ्नुहोस् आर्थिक सर्वेक्षणको पूर्णपाठ–













प्रतिक्रिया