
काठमाडौं, १४ जेठ । अफगानिस्तानको लडाइँमा दुबै खुट्टा गुमाएर पनि सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका हरि बुढामगरले अपाङ्गता भएकाहरूलाई दयामाया भन्दा पनि अवसरको खाँचो रहेको बताएका छन् ।
आज आइतबार नेकपा एमालेले गरेको सम्मान ग्रहणपछि मन्तव्य व्यक्त गर्दै उनले अपाङ्गता भएका व्यक्तिहरूलाई दयामाया भन्दा पनि अवसर दिनुपर्ने बताएका हुन् ।
उनले सगरमाथा आरोहणसँगै नेपाल र नेपालीको शीर सगरमाथा जस्तै उच्च राख्न सकेको अनुभव भएको धारणा व्यक्त गरेका छन् । अपाङ्गता जागरणका लागि आगामी दिनमा काम गर्ने उनको भनाइ छ ।
बुढामगरले यही २०८० जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरो पाइला टेकेका थिए । उनले सगरमाथा आरोहरणमा घुँडाभन्दा मुनी अङ्ग बिच्छेद भएका व्यक्तिको नयाँ विश्व रेकर्ड कायम गरेका छन् ।
बुढामगरले बाध्यताका कारण १५ वर्ष व्रिटिसको जागिर खानुपरेको भन्दै अब देशको सेवा गर्ने बताए । रोल्पा घर भएका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुबै खुट्टा गुमाएका थिए ।
हेर्नुहोस् भिडिओ–














प्रतिक्रिया