२८ आश्विन २०८३, बुधबार

भारत भ्रमणका क्रममा नयाँ हवाई मार्ग खोल्ने विषयमा ब्रेक–थ्रू गर्छु : प्रधानमन्त्री

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका क्रममा नयाँ हवाईमार्ग खोल्ने विषयमा ब्रेक–थ्रू हुनसक्ने बताएका छन् ।

आज आइतबार कीर्तिपुरमा नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रथम राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले जेठ १७ गतेदेखि आफूले भारतको भ्रमण गर्ने भन्दै यस भ्रमणमा क्रममा नयाँ हवाईमार्ग खोल्ने बिषयमा ब्रेक–थ्रू हुनसक्ने बताएका हुन् ।

उनले व्यापार पारावहनसम्बन्धी विषय २०१९ देखि रोकिएर बसेकाले भारत भ्रमणपछि खुल्ने सम्भावना रहेको र त्यसले नेपाल र नेपालीका लागि अथपूर्ण हुने धारणा व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा वर्षौदेखि रोकिएको पञ्चेश्वर परियोजना पनि अघि बढाउनेबारे महत्वपूर्ण सहमति हुने सम्भावना रहेको पनि बताएका छन् । उनले यसपटकको भारत भ्रमण नेपालको राष्ट्रिय हित हुनेगरी विशिष्ठ तवरले गर्ने तयारी भइरहेको उल्लेख गरे ।