२८ आश्विन २०८३, बुधबार

साथीको कोठामा गएकी एक किशोरी र ७० वर्षीया वृद्धा बलात्कृत

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । झापामा १७ वर्षीया किशोरी र बर्दियामा ७० वर्षीया वृद्धा महिला बलात्कृत भएका छन् ।

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–११ स्टाप चोक बस्ने २७ वर्षीय बिवेक श्रेष्ठलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार बिवेकले ती किशोरीलाई सोही ठाउँस्थित साथीको कोठामा आएकी अवस्थामा बलात्कार गरेका हुन् ।

यस्तै, ७० वर्षीया वृद्धा महिलालाई बलात्कार गरेको अभियोगमा बर्दियाको मधुवन नगरपालिका–४ मधुवन गाउँ बस्ने ६० वर्षीय मंगाराम थारुलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले बताएको छ ।

थारुले ती महिलालाई शुक्रबार पीडितकै घरमा करणी गरेको र घटनालगत्तै ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुई वटै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।