२८ आश्विन २०८३, बुधबार

रेशम चौधरीलाई सजाय माफी दिन राष्ट्रपति समक्ष सरकारले गर्‍यो सिफारिस

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको सजाय माफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।

आज आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई माफीका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

टिकापुर काण्डमा दोषी ठहर भएका चौधरी जेल सजाय भोगिरहेका छन् ।

जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा कैदी बन्दीको सजाय माफ दिने गरिएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट सजाय माफ हुने संवैधानिक व्यवस्था छ ।