२८ आश्विन २०८३, बुधबार

जनसंगठनहरू सक्रिय नभए पार्टी बलियो बन्न सक्दैन : विष्णु पौडेल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेका जनसंगठनहरू पार्टीका हातखुट्टा भएको र हातखुट्टा नचले पार्टी बलियो बन्न नसक्ने बताएका छन् ।

जनसंगठन समन्वय संयन्त्रले आज पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको जनसंगठनका पदाधिकारीहरूको भेलामा उनले जनसंगठनलाई चलायमान बनाउन संगठनभित्र र संगठन–संगठनबीच पनि प्रतिस्पर्धा जरुरी रहेको बताएका छन् ।

संगठनहरू आन्तरिक र बाह्यरुपमा प्रतिस्पर्धी बन्न सक्दा मात्रै पार्टी जीवन्त र क्रियाशील रहिरने उनको भनाइ छ ।

एमालेमाथि आक्रमण गर्ने विभिन्न तत्वहरूलाई परास्त गर्दै देशको समग्र विकासका लागि एमालेलाई थप क्रियाशील र बलियो बनाउँदै राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नुपर्नेमा उनले जोड दिए ।

नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको आयोजनामा भएको भेला पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा सम्पन्न भएको छ ।

भेलामा पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव योगेश भट्टराई लगायत नेताहरू सहभागी थिए ।

भेलामा २३ वटै जनसंगठनका अध्यक्ष तथा पदाधिकारीको सहभागिता थियो ।