२८ आश्विन २०८३, बुधबार

आईजीआई प्रुडेन्सियल इन्स्योरेको सिइओमा श्रेष्ठ नियुक्त

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको वैशाख २७ गते बसेको बैठकले नियुक्ति सिफारिस गरे अनुसार उनी सिइओ नियुक्त भएका हुन् । बैठकले उनको नियुक्ति स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको थियो ।

नियमनकारी निकाय प्राधिकरणबाट जेठ ५ गते स्वीकृतिको पत्र कम्पनीलाई प्राप्त भएको थियो । त्यसपछि आज पुन: बसेको सञ्चालक समितिको बैठकमा श्रेष्ठलाई कम्पनीका अध्यक्ष हेमराज ढकालले पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।