
बाजुरा, ८ जेठ । बाजुरा केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलका भूकम्प गएको छ ।
आज सोमबार साँझ ६ बजेर ५४ मिनेटमा जिल्लाको बिछिया केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासमा जिल्लामा समेत महशुस गरिएको थियो ।
यसअघि जेठ ७ गते बिहान बाजुराकै हुकाम केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।













प्रतिक्रिया