
काठमाडौं, ८ जेठ । ललितपुरको टीकाथलीमा बसोबास गर्दै आएकी एक जना महिला आफ्नै डेरामा बलात्कृत भएकी छिन् ।
२८ वर्षीया ती महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा बस्ने ३५ वर्षीय आशीष थापालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
थापाले ती महिलालाई गत फागुन १२ गते राति टीकाथलीस्थित पीडितकै कोठामा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
यस्तै, बर्दियामा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ठाकुरबाबा नगरपालिका–६ तुलसीपुर बस्ने २४ वर्षीय बिनोद परियार र २० वर्षीय नवराज परियारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले ती किशोरीलाई ललाई फकाई भे. १० प ५५२ नम्बरको मोटरसाइकलमा सोही नगरपालिका–७ बठनपुरस्थित जङ्गलको छेउमा रहेको मचानमा लगि दुवै जनाले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया