२८ आश्विन २०८३, बुधबार

शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुर्‍याउन सरकार दृढ छ : प्रधानमन्त्री

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमार्फत शान्तिप्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुर्‍याउने बताएका छन् ।

राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसका सन्दर्भमा वेपत्ता योद्धा परिवार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सबै दलहरुबीच सहमति बनाएर संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्दै दुई वर्षभित्रै शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुर्‍याउने बताएका हुन् ।

उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा अपुग भएका विषयलाई पूर्ण बनाएर यसलाई साझा बनाउने प्रयासमा सरकार रहेको धारणा व्यक्त गरे ।

उनले जनयुद्धका क्रममा वेपत्ता भएकाहरुको यथार्थ अवस्था थाहा भए चित्त बुझाउने ठाँउ हुने र परिपूणरको व्यवस्था गर्न सकिने बताए । आफ्नो पुरै कोशिस शान्ति प्रक्रियाकालाई टुङ्ग्याउनेमा ध्यान केन्द्रित भएको, यसमा गठबन्धनका दलहरुबीच एकमत रहेको र प्रतिपक्षीको पनि सहयोग रहेको धारणा प्रधानमन्त्री प्रचण्डको छ ।