२८ आश्विन २०८३, बुधबार

‘नीति तथा कार्यक्रमलाई बजेटमार्फत समृद्ध गर्नुपर्छ’

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई बजेटमार्फत समृद्ध गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

रिपोटर्स क्लब नेपालले आइतबार काठमाडौंमा गरेको साक्षात्कारमा उनीहरुले सरकारको नीति तथा कार्यक्रममै अस्पष्टता रहेको भन्दै बजेटमार्फत समृद्ध गर्नुपर्नेमा जोड दिएका हुन् ।

अर्थविद डा.चन्द्रमणि अधिकारीले सरकारको नीति तथा कार्यक्रममै अस्पष्टता रहेको बताए । उनले सरकारले अघिल्ला बुँदाहरुमा सबै क्षेत्रमा सकारात्मकता देखाए पनि पछिल्ला बुँदामा मूल्यवृद्धि, खर्चलगायत विषयमा समस्या देखाएको बताए ।

यस्तै, अर्थविद् डा. गोपीलाल न्यौपानेले सरकारले नेपालमा बन्द भएका उद्योगहरु सञ्चालन गर्ने कुरा नीति तथा कार्यक्रममा समावेश गरे पनि के कारणले ती उद्योगहरु बन्द भएका थिए भनेर पहिचान नगरेको टिप्पणी गरे ।

नीति तथा कार्यक्रममा नेपालमा मल कारखाना खोल्ने उल्लेख गरेपनि कारखाना खोल्नका लागि लगानी कहाँबाट ल्याउने भन्नेतर्फ सोच्न नसकेको उनले बताए ।

त्यस्तै, अर्थविद् डा. डिल्लीराज खनालले अर्थतन्त्रमा रहेको समस्या समाधानको अभ्यासलाई सम्बोधन गर्नेगरी सरकारका नीति तथा कार्यक्रम आउनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए ।

उनले सरकारका नीति तथा कार्यक्रमबीचमै अन्तरविरोध रहेको जिकिर गरेका छन् ।

यस्तै, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुवोधकुमार गुप्ताले अहिलेको आर्थिक समस्याको समाधानको लागि अर्थमन्त्रालय, राष्ट्र बैंक र सरोकारवाला विभिन्न निकायबीच समन्वयको अभाव रहेको बताए ।