
धनगढी, ६ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुदूरपश्चिम प्रदेशको प्रदेश सभा घेराउ गरेको छ ।
एमालेले लामो समयपछि बैठक सञ्चालन भएकाले सबै सांसदले शून्य समयमा आफ्नो धारणा राख्न पाउनेपर्ने भन्दै प्रदेश सभा घेराउ गरेको हो ।
सभामुखले सांसदहरुलाई शून्य समयमा बोल्न नदिएर संसदीय मर्यादा मिचेको भन्दै एमालेले रोस्ट्रम घेराउ गरेको हो ।
एमालेले रोस्ट्रम घेराउ गरेपछि सभामुख भीमबहादुर भण्डारीले केहीबेरका लागि प्रदेशसभाको बैठक स्थगित गरेका छन् ।
गत फागुन २१ गते मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिएपछि शनिबार पहिलो पटक प्रदेशसभाको बैठक बसेको थियो ।













प्रतिक्रिया