२८ आश्विन २०८३, बुधबार

देशका युवालाई मुलुकको अर्थतन्त्रबारे बुझाउन आवश्यक छ : उपसभामुख राना

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । उपसभामुख इन्दिरा रानाले देशका युवालाई मुलुकको अर्थतन्त्रबारे बुझाउन आवश्यक रहेको बताएकी छिन् ।

विश्वव्यापार सङ्गठन र सिङ्गापुरस्थित एस राजारत्नम अन्तर्राष्ट्रिय मामिला अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्याशालामा भाग लिएर स्वदेश फर्किएपछि सञ्चारकर्मीसँगको छलफलका क्रममा उपसभामुख रानाले सो कुरा बताएकी हुन् ।

उनले अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी संसदीय कार्यशाला गुणस्तरीय पूर्वाधार, पारदर्शीता र समानताका मुद्दामा अनुभव आदान प्रदान भएको जानकारी दिएकी छिन् । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउन तथा त्यस्ता मञ्चमा प्रस्तुत हुने विषयवस्तुलाई व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ ।

कार्यशालामा आफूले जलवायु परिवर्तनबाट हिमाली क्षेत्रमा परेको असर, वातावरण संरक्षण, कार्बन उत्सर्जनलगायत विषयवस्तु उठाएको उनले बताइन् । यही जेठ १ देखि ३ गतेसम्म आयोजित कार्यशालामा उपसभामुख राना सहभागी भएकी थिइन् ।