२८ आश्विन २०८३, बुधबार

नेकपा एसका केन्द्रीय सचिव विश्वासीसहितका नेताहरू एमालेमा प्रवेश, दाङमा तीन जनामात्रै बाँकी

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ६ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सचिव भागवत विश्वासीसहित दाङका नेताहरू नेकपा एमालेमा फर्किएका छन् ।

सचिव विश्वासीसँगै नेकपा एसका केन्द्रीय सदस्य एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्मा, दाङ जिल्ला अध्यक्ष सुरामणि बेल्वासे, उपाध्यक्ष चूर्णबहादुर ओली, सचिव डिल्ली डाँगी र उपसचिव जानका रेग्मी पनि एमालेमा फर्किएका छन् ।

उनीहरूलाई एमालेका महासचिव शंकर पोखरेलले आज तुलसीपुरमा आयोजित विशेष कार्यक्रममार्फत पार्टीमा स्वागत गरे ।

जिल्ला कमिटीका अधिकांश सदस्य पनि एमालेमा फर्किएका कारण अब दाङमा नेकपा एसका पोलिटब्यूरो सदस्य एवम् प्रमुख सचेतक मेटमणि चौधरी, केन्द्रीय सदस्य अनारकली मियाँ र जोगबहादुर राना मात्रै समाजवादीमा बाँकी छन् ।

एमाले फर्किएकाहरूले नेकपा एस कम्युनिष्ट आन्दोलनको बाधक बनेको बताएका छन् ।