२८ आश्विन २०८३, बुधबार

चार वर्षीया बालिकाको मृत्युपछि उदयपुरको लालबजार तनावग्रस्त

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, ५ जेठ । टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएपछि उदयपुरको बेलका नगरपालिका–४ को लालबजार तनावग्रस्त बनेको छ ।

मदन भण्डारी राजमार्गको चतरापुल–बेल्टार खण्डमा निर्माण समग्री ढुवानी गर्ने टिपरको ठक्करबाट स्थानीय अन्दाजी चार वर्षीया एन्जिला राना मगरको मृत्यु भएपछि घटनास्थल क्षेत्र तनावग्रस्त बनेको हो ।

आक्रोशित भिडले राजमार्गमा चल्ने दुई वटा टिफर र बेलका नगरपालिकाको पानी बोक्ने ट्याक्टरमा आगो लगाएका छन् । आगो निभाउन गएको चौदण्डीगढी नगरपालिकाको बारुण यन्त्रमा समेत आक्रोशित स्थानीयले तोडफोड गरेका छन् ।

घटना नियन्त्रणका लागि पुगेको ईलाका प्रहरी कार्यालय बेल्टारको थप टोलीमाथि समेत आक्रमण गरेकाले सदरमुकाम गाईघाटबाट थप प्रहरी टोली परिचालन गरिएको छ ।

बालिकालाई ठक्कर दिने प्रदेश नंं २–०३ ख ४३०९ नम्बरको टिफर र चालक ईलाका प्रहरी कार्यालय रामपुरको नियन्त्रणमा रहेको छ ।