२८ आश्विन २०८३, बुधबार

एमालेमा अब युवालाई ३३ प्रतिशत स्थान दिइने

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीका आधारभूत तहका कमिटीमा अब ३३ प्रतिशत स्थान युवालाई दिइने बताएका छन् ।

अनेरास्ववियुको आजदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकमा उनले पार्टी निर्माणमा ३५ वर्षमुनिका युवालाई विशेष प्रथामिकता दिइने बताएका हुन् ।

‘पार्टीले ३३ प्रतिशत युवालाई स्थान दिनुपर्दछ । त्यो युवाको अनुहार हेरेर पार्टीले भनेको हो,’ उनले भने, ‘अब समाज बदल्ने युवाले हो, नेतृत्व गर्ने युवाले हो । त्यसैले नेतृत्व गर्ने ठाउँका लागि तयार रहेको छौँ भन्ने सन्देश युवाले दिनुपर्दछ ।’

अनेरास्ववियु विद्यार्थीबीचमा जति धेरै सङ्गठित भएर अगाडि बढ्छ पार्टीको भविष्य त्यति नै सुरक्षित हुने उनको भनाइ छ । उनले अखिलका नेतालाई विद्यार्थी राजनीति सकेपछि के होला भनेर चिन्ता नगर्नसमेत महासचिव पोखरेलले आग्रह गरेका छन् ।

महासचिव पोखरेलले सहरिया मध्यम वर्गलाई पार्टीले सामजिक एजेण्डाबाट जोड्न नसकेको बताएका छन् ।