
सिन्धुपाल्चोक, ४ जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई नि:शुल्क स्वास्थ्योपचार उपलब्ध गराउन सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्ने बताएका छन् ।
आज सिन्धुपाल्चोकको ठोकर्पामा ‘एक–एक पाइला ठोकर्पा आधारभूत अस्पताल’ उद्घाटनपछि उनले विपन्न नागरिकको सहज र नि:शुल्क स्वास्थ्योपचारमा पहुँच पुर्याउनका लागि सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न लागिएको बताएका हुन् ।
‘विपन्न नागरिकको उपचार जिम्मेवारी सरकारले लिनुपर्छ । तर स्वयम् मन्त्रालयसँग बिरामीलाई सहयोग गर्न रकम छैन,’ उनले भने, ‘त्यसैले सुर्तीजन्य पदार्थमा कर ह्वात्तै बढाएर त्यसबाट प्राप्त रकमलाई कोषको रूपमा खडा गरेर बिरामीको उपचारका लागि मन्त्रिपरिषद्सम्म प्रस्ताव गरेको छु । छिट्टै स्वीकृत भएर काम अघि बढ्नेछ ।’













प्रतिक्रिया