
विराटनगर, ४ जेठ । मोरङको विराटनगरमा एक व्यापारीमाथि चक्कु प्रहार भएको छ ।
विराटनगर महानगरपालिका–१५ का ३२ वर्षीय राहुलकुमार रायमाथि चक्कु प्रहार भएको हो ।
रायलाई विराटनगर–१० ट्राफिक चोक नजिक आज बिहीबार दिउँसो चक्कु प्रहार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
घटनामा संलग्न विराटनगर–१२ का २८ वर्षीय दीपेन्द्र कामतलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ । घटनापछि भाग्दै गरेका कामत चक्कुसहित समातिएका हुन् ।
कोशी अस्पतालमा उपचार हुन नसकेपछि घाइते रायलाई थप उपचारका लागि विराट नर्सिङ होममा ल्याइएको छ ।













प्रतिक्रिया