
काठमाडौं, ४ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।
अधिकारकर्मीका रुपमा समेत पहिचान बनाएका उनलाई आज बिहीबार अपराह्न प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।
यसअघि पक्राउ परेकाहरूको बयानका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार गिरोहसँग उनको पनि आर्थिक साँठगाँठ रहेको तथ्यहरु फेला परेका छन् ।
टेकनाथसहित यो प्रकरणमा पक्राउ पर्नेहरूको संख्या १५ जना पुगेको छ । प्रहरीले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आजै हज समितिका अध्यक्ष शमशेर मियाँ पनि पक्राउ परेका छन् ।














प्रतिक्रिया