२८ आश्विन २०८३, बुधबार

सरकार र दलविशेषको योगदानले मात्रै शान्ति प्रक्रिया टुङ्ग्याउन सकिदैन : धनराज गुरुङ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउनका लागि सबैले योगदान गर्नुपर्ने बताएका छन् ।

आज बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा मन्त्री गुरुङले १७ वर्षदेखि बाँकी रहेका शान्ति प्रक्रियाका कामलाई निष्कर्षमा पुर्‍याउनका लागि सरकार र दलविशेषमात्रै नभई सबैले योगदान गर्नुपर्ने बताएका हुन् ।

शान्ति प्रक्रियाको विषय सबै दलहरुको साझा विषय भएकाले सबैसँगको समझदारीमा नै यसलाई निष्कर्षमा पुर्‍याउने उनले बताए ।

त्यस्तै, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी संशोधन विधेयकको मस्यौदाबारे जानकारी दिदै मन्त्री गुरुङले छानविन प्रतिवेदनका आधारमा पिडितलाई न्याय दिने बताए । संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा प्राप्त हुने सुझावले विधेयकलाइ थप समृद्ध बनाउने विश्वास उनको छ ।

विधेयकमाथि समितिको अर्को बैठकबाट छलफल सुरु हुने बताइएको छ । बैठकले समितिको कार्यविधिलाई पारित गरेको छ । कार्यविधिमा बिनाजानकारी ५ पटकसम्म बैठकमा अनुपस्थीत हुने सांसदलाई निष्कासन गर्ने सक्ने व्यवस्था समावेश गरिएको छ ।