२८ आश्विन २०८३, बुधबार

श्रम बजार व्यवस्थित र सुरक्षित रहन नसके उद्योगहरू विकास हुन सक्दैनन् : श्रममन्त्री भण्डारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । नेपाल चेम्बर अफ कमर्शको आयोजनामा ‘नेपाल चेम्बर एक्स्पो २०२३’ आज बिहीबारदेखि काठमाडौंमा सुरू भएको छ ।

काठमाडौंको भृकुटीमण्डपस्थीत प्रदर्शनी कक्षमा सुरू भएको चेम्बर एक्स्पोको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले उद्घाटन गरे ।

सो क्रममा मन्त्री भण्डारीले श्रम बजार व्यवस्थित र सुरक्षित रहन नसके उद्योगहरू विकास हुन नसक्ने बताए ।

उनले मुलुकको आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए । व्यावसायिक क्रियाकलाप अभिवृद्धिका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्ने उल्लेख गर्दै उनले निजी क्षेत्रले लगानी बढाउनुपर्नेमा जोड दिए ।

प्रदर्शनीमा अटोमोबाइल, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स सामान, फर्निसिङका सामान, घराययी उपकरण, कपडा, मोबाइल, जलविद्युत्, हस्तकला, छाला तथा जुत्ता, कस्मेटिक सामान, जडीबुटी, आयुर्वेद तथा विभिन्न रैथाने खाद्यान्न बिक्रीका लागि राखिएका छन् ।

राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय कम्पनी तथा व्यवसायीको सहभागिता रहेको प्रदर्शनीमा कूल एक सय ५० ‘स्टल’ रहेका छन् । प्रदर्शनी यही जेठ ८ गतेसम्म चल्ने चेम्बरले जनाएको छ ।