
काठमाडौं, २ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारी र नेकपा एमालेका तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितसँग खिचाइएको तस्वीर सामाजिक सञ्जालमा राख्न अपील गरेका छन् ।
भण्डारी र आश्रितसँगको तस्वीर हुनेले भोलि जेठ ३ गते ‘मदन–आश्रित’ स्मृति दिवसका दिन सामाजिक सञ्जालमा पोष्ट गरेर उनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न अपील गरेका हुन् ।
अध्यक्ष ओलीले भण्डारी र आश्रितसँगको एक पुरानो तस्वीर सार्वजनिक गर्दै यस्तो अपील गरेका हुन् ।
पार्टीले भोलि विशेष कार्यक्रम आयोजना गरी ‘मदन–आश्रित’ स्मृति दिवस मनाउँदै छ ।













प्रतिक्रिया