२८ आश्विन २०८३, बुधबार

मुकेश कायस्थलाई सहिद घोषणा गर्दै सरकारले गर्‍यो यी निर्णय

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । सरकारले जनआन्दोलनमा घाइते भइ केही दिनअघि निधन भएका मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जनआन्दोलनमा घाइते भएर केही दिनअघि निधन भएका मुकेश कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

जनआन्दोलनमा घाइते भएका मुकेशको वैशाख २७ गते मृत्यु भएको थियो ।

यस्तै, बैठकले एपिजी बैठकमा भाग लिन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेतृत्वको टोलीलाई स्वीकृति दिएको छ भने मोतिपुर सवस्टेशन निर्माणका लागि बाणगंगा नगरपालिकामा १५ विगाहा जग्गा प्राप्ती गर्ने र प्रारम्भिक कारबाही चलाउन अधिकारी तोक्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले बुटवल–गोरुसिंगे–चन्द्रौटा सडकको विस्तारित सडक सिमाभित्रका घर टहराहरु हटाई क्षतिपूर्ति दिने निर्णय गरेको छ भने तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्मण गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शर्माले बताइन् ।