
काठमाडौं, २ जेठ । सरकारकी प्रवक्ता एवम् सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले नागरिकता विधेयकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको विषयसँग जोडेर नहेर्न आग्रह गरेकी छिन् ।
आज मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्ने क्रममा प्रवक्त शर्माले नागरिकता विधेयक प्रमाणीकरण गर्नु सरकारको भन्दा पनि आम जनताको हतारोको विषय भएकाले यसलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग जोडेर नहेर्न आग्रह गरेकी हुन् ।
उनले नागरिकता ऐन प्रमाणीकरणका लागि सरकारका तर्फबाट राष्ट्रपतिलाई कुनै दबाब नदिइएको पनि स्पष्ट पारिन् ।
यस्तो छन् मन्त्रिपरिषदका निर्णयहरू–
सरकारले जनआन्दोलनमा घाइते भइ केहि दिन अघि निधन भएका मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जनआन्दोलनमा घाइते भएर केही दिनअघि निधन भएका मुकेश कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।
जनआन्दोलनमा घाइते भएका मुकेशको वैशाख २७ गते मृत्यु भएको थियो ।
बैठकले एपिजी बैठकमा भाग लिन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेतृत्वको टोलीलाई स्वीकृति दिएको छ ।
त्यस्तै मोतिपुर सवस्टेशन निर्माणका लागि बाणगंगा नगरपालिकामा १५ विगाहा जग्गा प्राप्ती गर्ने र प्रारम्भीक कारवाही चलाउन अधिकारी तोक्ने निर्णय भएको छ ।
त्यस्तै बैठकले बुटवल–गोरुसिंगे–चन्द्रौटा सडकको विस्तारित सडक सिमाभित्रका घर टहराहरु हटाई क्षतिपूर्ति दिने निर्णय गरेको छ भने तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्मण गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।













प्रतिक्रिया