
काठमाडौं, २ जेठ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
आज निगमले डिजेल र मट्टितेलको मूल्यमा १०/१० रुपैयाँले घटाएको हो । यो सँगै डिजेल र मट्टितेलको नयाँ मूल्य १५५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुने बताइएको छ ।
पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु एक सय ६५ थियो । पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७५, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर रु एक सय ६०, हवाई इन्धन (बाह्य)को प्रतिलिटर अमेरिकी डलर १.३५० र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार आठ सय कायमै छ ।














प्रतिक्रिया