२८ आश्विन २०८३, बुधबार

अर्थतन्त्रका सूचकहरू हेर्दा मुलुक अफ्ठ्यारो अवस्थामा छ : विष्णु पौडेल

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । नेकपा एमालेका उपाध्यक्ष एवम् सांसद विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रका सूचकहरु हेर्दा अफ्ठ्यारो अवस्थामा रहेको बताएका छन् ।

आज मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको पहिलो बैठकमा उनले अर्थतन्त्रका सूचकहरूले मुलुक नै अफ्ठ्यारो अवस्थामा रहेको पुष्टि गर्ने बताएका हुन् ।

अर्थतन्त्रका समस्या र चुनौतीको बीचमा सरकार अगाडि बढ्ने विषयमा सबैलाई जानकारी दिनुपर्ने बताउँदै उनले मुलुकको अर्थतन्त्रका समस्या र चुनौती समाधान गर्नका लागि सरकारले अर्थ समितिलाई साथ लिएर जान सक्नुपर्ने विचार व्यक्त गरे ।

‘मुलुकको अर्थतन्त्रका सूचकहरु हेर्दा अफ्ठ्यारो अवस्थामा छौँ । अर्थतन्त्रका समस्या र चुनौतीको बीचमा सरकारले सबैको साथ र अर्थ समितिलाई साथमा लिएर अघि बढ्न सक्नुपर्छ,’ पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले भने, ‘सबैलाई साथमा लिएर अघि बढ्ने दायित्व अर्थमन्त्रीसँग हुने गर्छ । आगामी बजेटमा अर्थमन्त्रालय, राष्ट्र बैंक, प्राकृतिक स्रोत तथा वित्त आयोग, लगानी बोर्ड र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित आर्थिक सूचकहरूका बारेमा अर्थमन्त्रीलाई समितिमा उपस्थित गराएर बैठक बस्ने प्रवद्र्धन गर्नुपर्छ ।’