२८ आश्विन २०८३, बुधबार

‘विद्यार्थी संगठनहरू पार्टी विशेषको एजेण्डा लागू गर्ने माध्यम बन्यो’

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालनिकट विद्यार्थी संगठनका नेताहरुले विद्यार्थी संगठनहरु शैक्षिक र सामाजिक रुपान्तरणको लागि भन्दा पनि कुनै पार्टी विशेषका एजेण्डा लागू गर्ने माध्यममा सीमित भएको आरोप लगाएका छन् ।

आज सोमबार ५९औं विद्यार्थी दिवस मनाउने क्रममा उनीहरूले यस्तो आरोप लगाएका हुन् ।

संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले संसदवादी दलनिकट विद्यार्थी संगठनहरुले प्रतिपक्षको भूमिका भन्दा पनि आफ्नो माउ पार्टीका राम्रा–नराम्रा दुबै कामहरूको बचाउ या समर्थन गर्ने गरेको धारणा व्यक्र गरे । उनले पछिल्लो समयमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि त्यही भएको आरोप लगाउँदै भने, ‘भ्रष्टाचारविरोधी आन्दोलनका नाममा आफ्नो पार्टीलाई अन्धो समर्थन गरिरहेको बुझेका छौँ जुन कुरा एमसीसी प्रकरणमा पुष्टि भइसकेको छ ।’

संगठनका अर्का अध्यक्ष मिलन राईले संसदवादी पार्टीनिकट विद्यार्थी संगठनमा गणेश प्रवित्ति हावी भएको आरोप लगाए । अध्यक्ष राईले अबको नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलनको नेतृत्व आफू नेतृत्वको अखिल (क्रान्तिकारी)ले गर्ने दाबीसमेत गरेका छन् । पछिल्लो समयमा विद्यार्थी आन्दोलनमा विभिन्न विकृति–विसंगतिहरु मौलाएकोले आन्दोलनलाई नयाँ शिराबाट सुद्धीकरण गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

आदर्श, मूल्य र मान्यताबाट च्यूत भएको बताउँदै अध्यक्ष राइले भने, ‘ती संगठनहरुलाई गाली गरेर मात्रै छुटकारा मिल्दैन बरु हामीले नयाँ कोणबाट क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई उठान गर्नुपर्छ ।’ विद्यार्थी आन्दोलन् राजनीति आन्दोलनको अंश भएको तर यसले मुलत: शैक्षिक क्षेत्रको सुधार मुख्य अभिभारा भएको राइले बताए ।

कार्यक्रमको अध्यक्षता गरेका संगठन उपाध्यक्ष वीरेन्द्र शाहले हरेक सदस्य आफू क्रान्तिकारी कम्युनिस्ट बन्ने कुरा मुख्य विषय भएकाले आत्मशुद्धीकरण गर्न सकेमा मात्रै क्रान्ति सम्भव हुने धारणा व्यक्त गरे ।

संगठनकी अर्की उपाध्यक्ष शिलु न्यौपाने अपिल पत्र बाचन सहित मन्तव्य राख्दै दुई संगठनबीचको एकताले विद्यार्थी शिक्षा क्षेत्रमा भइरहेका सबै विसंगतीहरूलाई सुधार्न बल पुग्ने बताइन् ।

महासचिव रुपा बुढामगरले दुबै संगठनको एकताले नेपालको क्रान्तिकारी विद्यार्थी अन्दोलनमा नयाँ आयाम थपेको बताइन् ।

संगठनका अर्का महासचिव पेशल दाहालले कार्यक्रमको सञ्चालन गर्दै नाम जस्तै अखिल (क्रान्तिकारी)ले शिक्षा क्षेत्रमा आम जनताले क्रान्तिकारी सुधार गर्ने कुराको अपेक्षा राखेका र त्यही अनुसार अघि बढ्न सक्नुपर्ने बताए ।