२८ आश्विन २०८३, बुधबार

शरणार्थी प्रकरणले देश बदनाम भयो, गल्ती नगर्नेलाई दोषी देखाउने प्रयत्न हुँदैछ : शंकर पोखरेल

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणले देशको बद्नाम भएको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दोषीहरू जो–जो भए पनि निष्पक्ष छानबिन गरेर कारबाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरेका छन् ।

घटनामा गल्ती गर्ने एउटा भए पनि दोषी अर्कैलाई देखाउने प्रयत्न भइरहेको चर्चा गर्दै उनले भने, ‘मुलुकका भ्रष्ट र कमिसन खोरहरूले नेकपा एमालेलाई लाञ्छित गर्ने कुचेष्टा गरिरहेका छन् । हरेक घटनाका सन्दर्भमा निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न यो सरकार आँट गर्दछ भने नेकपा एमाले त्यसमा सहयोग गर्न तयार छ ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा परमादेश सरकार बनेपछि गृह मन्त्रालयको जिम्मेवारी लिएकाले नक्कली भुटानी शरणार्थी बनाएर रकम असुल्ने काम गरेको पोखरेलको आरोप छ ।

आज जो भ्रष्ट छन् उनीहरूकै ठूलो स्वर भइरहेको उनले बताए । ‘आज उनीहरूकै स्वर ठूलो छ, जो नेपालमा भ्रष्टताको लागि कुख्यात छन्, उनीहरू आज भ्रष्टाचार विरोधी नेता जस्तो बन्न खोजिरहेका छन्,’ महासचिव पोखरेलले भने ।

नक्कली शरणार्थी प्रकरणमा जो जो संलग्न छन् उनीहरूलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने मानयता एमालेको रहेको महासचिव पोखरेलको भनाइ छ ।

उनले मुलुकमा सुशासन, राष्ट्रिय स्वाधीनता, स्वाभिमान, विकास र समृद्धिका पक्षमा दृढ अडानका साथ काम गर्ने पार्टी नेकपा एमाले भएको पनि बताएका छन् । मुलकको विकास र समृद्धिको नेतृत्व गर्ने पार्टी नेकपा एमाले भएको बताउँदै उनले स्वतन्त्रता, स्वाभिमान र सामाजिक सुरक्षामा चौतर्फी आक्रमणको प्रयास भइरहेको बेला एमाले माथि पनि आक्रमण भइरहेको चर्चा गरे ।

यस्तै, उनले चालू आर्थि वर्षको बजेट निर्माणका बेला गत वर्ष अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभावकर’ले व्यापारीका प्रतिनिधि राखेर करको दरहरू हेरफेर गरेका कारण अहिले एउटा व्यापारिक घराना धनाड्य हुने र राष्ट्र कङ्गाल हुने अवस्था आएको चर्चा गर्दै यस्तो नीति राष्ट्रका लागि घातक भएको टिप्पणी गरेका छन् ।