२८ आश्विन २०८३, बुधबार

अमेरिकाबाट आएको स्रोत नखुलेको ४० करोड रुपैयाँको पनि छानबिन गरौँ : ज्ञानेन्द्र शाही (भिडिओ)

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीलाई आजीवन कारावास हुने गरि कानून निर्माण गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको आज बसेको बैठकको विशेष समयमा उनले अब यसअघि भएका ठूला–ठूला भ्रष्टाचारका काण्डहरुलाई पनि अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।

उनले उनले विभिन्न बहानामा भ्रष्टाचारका मुद्दाहरुलाई कमजोर बनाउन खोजे भ्रष्टाचारलाई न्युनीकरण गर्न नसकिने बताएका छन् ।

यस्तै, उनले विभिन्न ठूला भ्रष्टाचार काण्डबारे संसदमा जानकारी गराउँदै माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ अर्थमन्त्री रहँदा अमेरिकाबाट आएको स्रोत नखुलेको ४० करोड रुपैयाँको पनि छानबिन गर्न माग गरेका छन् ।

हेर्नुहोस् भिडिओ–