२८ आश्विन २०८३, बुधबार

शरणार्थी प्रकरणमा मेरो चरित्र हत्या भयो, अडियोको सत्यतथ्य जाँच होस् : आरजु राणा (भिडिओ)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो चरित्र हत्या गरिएको गुनासो गरेकी छिन् ।

प्रतिनिधि सभाको आज बसेको बैठकको विशेष समयमा देउवाले देशमा फेक न्युज र फेक मिडियाको पराकाष्ठा बढेको र यस प्रकरणमा आफ्नो चरित्र हत्या भएको गुनासो गरेकी हुन् ।

उनले उक्त प्रकरणमा आफ्नो नाम जोडेर सार्वजनिक गरिएको अडियो फरेन्सिक जाँचका सीआईबी र साइबर क्राइम सेलमा उजुरी दिदा सुरुमा दर्ता गर्न नमानेको बताइन् । यस प्रकरणको सत्यतथ्य छिट्टै आउनुपर्ने उनको भनाइ छ ।

उनले अहिले मुलुक छाडेर विदेशिन बाध्य हुनुपर्ने अवस्था अन्त्यका लागि पनि पहल गर्नुपर्नेमा जोड दिइन् ।