
काठमाडौं, ३१ वैशाख । नेपाल बैंकको आर्थिक सहयोगमा बाराको परवानीपुर गाउँपालिका–४, चैनपुरमा निर्माण गरिएको विद्यालय भवन नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको आर्थिक सहयोगमा निर्माण भएको विद्यालय भवन गत शुक्रबार हस्तान्तरण गरिएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारी तथा परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीबाट संयुक्त रुपमा ताम्रपत्र अनावरण गरी भवन हस्तान्तरण गरिएको हो ।













प्रतिक्रिया