२८ आश्विन २०८३, बुधबार

नक्कली शरणार्थी प्रकरण : बालकृष्ण खाँणसहित १२ जनाकै लागि चार दिन म्याद थपियो

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई अनुसन्धानका लागि थप चार दिन हिरासतमा राख्न काठमाडौं अदालतले अनुमति दिएको छ ।

आज आइतबार जिल्ला अदालत काठमाडौंले उक्त प्रकरणमा थप अनुसन्धानका लािग हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गरिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगाएत १२ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ भने एमाले सचिव टोपबहादुर रायमाझी फरार छन् ।

नक्कली भुटानी शर्णार्थी प्रकरणमा सय भन्दा बढिले २० वटा जाहेरी दिएका छन् ।