
काठमाडौं, ३१ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रकाउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् ।
आज आइतबार सरकारी वकिलको कार्यालयबाट म्याद थपका लागि अदालत लैजाने क्रममा केही भन्नुहुन्छ मिडियालाई भन्ने सञ्चारकर्मीको प्रश्नमा खाँणले उक्त प्रकरणमा आफू संलग्न नभएको प्रतिक्रिया दिएका हुन् ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नता देखिएको भन्दै खाँणलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
यसैबीच, अनुसन्धान नपुगेको भन्दै प्रहरीले खाँणसहित सहित १२ जनालाई नै जिल्ला अदालत काठमाडौंबाट थप चार दिनको म्याद लिएको छ ।
यसअघि लिएको तीन दिनको म्याद आज सकिएसँगै थप चार दिनको म्याद थपिएको हो ।













प्रतिक्रिया