२८ आश्विन २०८३, बुधबार

राप्रपाले आगामी बिहीबार काठमाडौंमा आमसभा गर्ने, के हो उद्देश्य ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी जेठ चार गते अर्थात् आगामी बिहीबार काठमाडौंमा भ्रष्टाचारबिरुद्ध आमसभा गर्ने भएको छ ।

आज आइतबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणलगायत सबै भ्रष्टाचारका काण्डलाई छानविन गर्न दबाब दिने उद्देश्यका साथ काठमाडौंमा पार्टीले आमसभा गर्न लागेको जानकारी दिएका हुन् ।

शरणार्थी प्रकरणको छानबिनलाई शसक्त बनाउनुपर्ने र छानबिनको कामलाई कमजोर बनाउन नहुने उनले बताए । उनले राप्रपा शसक्त प्रतिपक्षमा बसेर भ्रष्टाचार, सुशासन र राष्ट्रियताको पक्षमा आवाज उठाउने धारणा व्यक्त गरे ।

भ्रष्टाचारका विषयमा आवाज उठाउने नैतिक क्षमता भएको एकमात्रै पार्टी राप्रपा भएको उनले बताए । उनले प्रहरीले राम्रो काम गरिरहेको भन्दै स्वतन्त्रपूर्वक काम गर्ने वातावरण बनाउनुपर्ने जिकिर गरे ।

त्यस्तै, लिङ्देनले भोलि सोमबारदेखि सुरू हुने पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका साङ्गठनिक गतिविधिको समीक्षालगायत विषयमा छलफल हुने जानकारी दिएका छन् ।