२९ आश्विन २०८३, बिहिबार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, अब के गर्ला ? (भिडिओ)

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

आज शुक्रबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिदै प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।

यस्तै बैठकले वर्तमान सरकारमा नजाने स्पष्ट निर्णय पनि गरेको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा आउन रास्वपालाई आग्रह गरिरहेका थिए ।

यसैबीच एमालेले रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन लागेको समाचारहरू पनि आइरहेका छन् । रास्वपाको यो निर्णयबाट प्रधानमन्त्री प्रचण्ड थप झस्किएका छन् ।