
काठमाडौं, २२ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैचारिक र दार्शनिक नेता कार्ल मार्क्सको २०६औँ जन्मजयन्तीको अवसरमा सम्मान तथा श्रद्धासुमन अर्पण गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले मार्क्सको जन्मजयन्तीको स्मरण गर्दै श्रद्धा व्यक्त गरेका हुन् ।
‘मानव समाजलाई सर्वाधिक प्रभावित पार्ने महान दार्शनिक तथा दुनियाँमा वैचारिक हेरफेर ल्याउने विचारक कार्ल मार्क्सको २०६औं जन्मजयन्तीको अवसरमा सम्मानका साथ श्रद्धा व्यक्त गर्दछु,’ ओलीले लेखेका छन् ।













प्रतिक्रिया