२९ आश्विन २०८३, बिहिबार

सिम्रिकको हेलिकोप्टर दुर्घटनामा पाइलट, को–पाइलट र एक स्थानीय घाइते (नामसहित)

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । संखुवासभामा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा पाइलट सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे र स्थानीय भविन गुरुङ घाइते भएका छन् ।

सिम्रिक एयरले अर्काे हेलिकोप्टर दुर्घटनास्थलमा पठाएर घाइतेहरूको उद्दार गरी अस्पताल लगेको छ ।

हेलिकोप्टर भोटखोला गाउँपालिका–४ सिमरुङमा दुर्घटना भएको हो ।

माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामानि लिफ्टिङ गर्ने क्रममा हेलिकोप्टर अनियन्त्रित भइ दुर्घटनामा परेको छ ।

दुर्घटनाको कारण नखुलेको भए पनि हेलिकोप्टरमा झुण्ड्याइएको सामान रुख वा ढिस्कोमा अल्झिएर दुर्घटना भएको अनुमान गरिएको छ ।