२९ आश्विन २०८३, बिहिबार

संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । सिम्रिक एयरको हेलिकोप्टर सङ्खुवासभामा दुर्घटना भएको छ ।

सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार भोटखोला गाउँपालिका सिप्रुङमा सिम्रिक एयरको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको हो ।

माथिल्लो अरुण जलविद्युत् परियोजनाको सामग्री ढुवानी गरेर गएको हेलिकोप्टर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी हेलिकोप्टरका पाइलट र एक जना स्थानीय घाइते भएको भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष विकास तामाङले जानकारी दिएका छन् ।

घाइतेलाई उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको छ ।