२९ आश्विन २०८३, बिहिबार

घोराहीका शिक्षक कालो पट्टी बाँधेर काममा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, बैशाख १३ । नेपाल शिक्षक महासंघको आह्वानमा घोराहीका शिक्षकहरुले आज बुधवार हातमा कालो पट्टी बाधेर काम गरिरहेका छन ।

घोराही उपमहानगरपालिकाले १ सय १ जना शिक्षकहरुको सरुवा गरेको बिरोधमा काम गरेका हुन ।

शिक्षक सरुवाको नेपाल शिक्षक महासंघ सहित शिक्षकका बिभिन्न १३ वटा संगठनले बिरोध गरेका छन ।

जिल्लामा क्रियासील ८ वटा संगठनले सम्युक्त बिज्ञप्ति निकालेर पर्सि शुक्रवार दिउँसो २ बजे घोराहीमा बिरोध ¥याली निकाल्ने भन्दै उपस्थितिको लागि आग्रह गरेका छन ।

घोराही उपमहानगरपालिकाले चैत ८ गते दरबन्दी मिलानका नाममा १ सय १ जना शिक्षकको सरुवा गरेपछि शिक्षकहरु आन्दोलित भएका छन ।

प्राथमिक तहको दरबन्दी मिलानका नाममा मा.वि., निमावि र सहयोगी कार्यकर्ताको ज्यादतीपूर्ण सरुवा गरेपछि आन्दोलनको बिकल्प नभएको नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगीले जानकारी दिए ।