२९ आश्विन २०८३, बिहिबार

तनहुँ-१: नौ हजार बढी मतले स्वर्णिम अगाडि, कसको मत कति ?

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । तनहुँ क्षेत्र नम्बर(१) को मतगणना जारी छ।

४३ हजार ७१ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले आफ्नो फराकिलो अन्तरलाई कायमै राखेका छन् ।

पछिल्लो मतपरिणामअनुसार वाग्लेले २२ हजार २ सय ६० मत पाएका छन् । यस्तै, उनलाई पछ्याइरहेका नेपाली काँग्रेसका गोविन्द भट्टराईले १२ हजार ९ सय ११ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ६ हजार ५ सय ९५ मत पाएका छन् ।