२९ आश्विन २०८३, बिहिबार

भोलिदेखि राष्ट्रपति कार्यालय र बालुवाटारको फोहोर उठाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा थुप्रिएको फोहोर भोलिदेखि उठाइने भएको छ । सर्वोच्च अदालतले तीनदिनभित्रमा नउठेको फोहोर उठाउन महानरपालिकालाई निर्देशन दिएपछि भोलिदेखि राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा फोहोर उठ्ने भएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले तीनदिनभित्र सिंहदरबारको फोहोर उठाउनु भन्ने सर्वोच्च अदालतले दिएकोआदेश पालना गर्ने जनाएसँगै फोहोर उठाउन थालिएको छ ।

परिवर्तन सेवा कम्पनीले आजदेखि फोहोर उठाएको छ । आज सिंहदरबारभित्रको फोहोर उठाइएको छ, १६ दिनमा २५ टन फोहोर उठाएको हो ।

सिंहदरबारको फोहोर उठाउने जिम्मा महानगरले निजी कम्पनीलाई दिएको थियो । परिवर्तन सेवा प्रालिले सिंहदरबार, राष्ट्रपति कार्यालय, बालुवाटारको फोहोर उठाउँदै आएको थियो ।

महानगरका मेयर बालेन साहले गत चैत २५ गते सिंहदरबार, प्रधानमन्त्री निवास र राष्ट्रपति कार्यालयको फोहोर नउठाउन निर्देशन दिएको थियो । मेयर साहको निर्देशनपछि १६ दिनदेखि फोहोर उठ्न छाडेको थियो ।

गत चैत २५ गते मेयर साहले सि‌ंहदरबारको फोहोर नउठाउन निजी कम्पनीलाई निर्देशन दिएसँगै सिहंदरबारको फोहोर उठ्न बन्द भएको थियो ।

सर्वोच्च अदालतले सिंहदरबारबाट नउठाइएको फोहोर ३ दिनभित्र उठाई बिसर्जन गर्न काठमाडौं महानगरपालिकाको नाममा आदेश जारी गरेको थियो।अदालतको आदेश अनुसार आजदेखि नै सिंहदरबारको फोहोर उठाउन थालिएको हो ।