२८ आश्विन २०८३, बुधबार

बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ घाइते

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत ।  बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

गणमेश्वरबाट देहिमाडौं आउँदै गरेको से १ ज २९५ नम्बरको जीप सोमबार बिहान ११ बजे पञ्चेश्वर गाउँपालिका-५ तिलकपुर भिटामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको हो ।

दुर्घटनामा परेर पञ्चेश्वर गाउँपालिका-५ मसिनामा बस्ने ५५ वर्षीय महादेव भट्टको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । ब्रेक फेल भएर दुर्घटना भएको उनले बताए ।

जीप सडकबाट ७० मिटर तल खसेको बताए ।  घाइतेहरुको परिचय भने खुलेको छैन् ।

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी र प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाही लगायतका ३० जनाको टोली घटनास्थलमा पुगेको छ ।