२८ आश्विन २०८३, बुधबार

महिला नेतृत्व शिखर सम्मेलनको तयारी पुरा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत ।  नेपाल उद्योग परिसंघ (सीएनआई) ले महिला नेतृत्व शिखर सम्मेलनको तयारी पुरा भएको जनाएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिसंघले चैत्र ११ र १२ गते आयोजना गर्न लागेको महिला नेतृत्व शिखर सम्मेलनको तयारी पुरा भएको जनाएको हो ।

कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको परिसंघले जनाएको छ ।

नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान, र परिवर्तनका संवाहक महिला विषयमा छुट्टा छुट्टै सत्रमा छलफल हुने परिसंघ महिला उद्यमी मञ्च सभापति छायाँ शर्माले बताउनुभयो ।

सम्मेलनमा लैङ्गिक समानताका विषयसहित महिला नेतृत्वहरुबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाहरुका सफलता सुनाउने, महिलाहरुलाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसर प्राप्त हुने उहाँले बताउनुभयो ।

उहाँले विभिन्न सत्रमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिस, जर्मनीलगायत मुलुकका राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली व्यक्तित्वहरको सहभागिता सुनिश्चित भईसकेको जानकारी दिनुभयो ।

दुई दिने महिला नेतृत्व शिखर सम्मेलनको निष्कर्ष एवं सुझाव नेपाल सरकारलाई हस्तान्तरण गरिने परिसंघले जनाएको छ ।