१ मंसिर २०८३, मंगलबार

दोलखाको १० मतदान केन्द्रमा मतदान सुरू

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, १५ मंसिर । दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ ।

४ मंसिरमा भएको निर्वाचनमा बुथ कब्जा तथा विवाद हुँदा स्थगित भएको मतदान केन्द्रमा आज पुनः मदतान भएको हो ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो । उनका अनुसार मतदान साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । मतदान सुरु भएको १० मतदान केन्द्रमा कुल ८ हजार ५१४ मतदाता रहेका छन् ।

मतदान केन्द्र परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यो पनिः

दोलखाका १० मतदान केन्द्रमा आज पुनः मतदान