१ मंसिर २०८३, मंगलबार

दोलखाका १० मतदान केन्द्रमा आज पुनः मतदान

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । दोलखाका १० वटा मतदान केन्द्रमा आज बिहीबार पुनः मतदान हुने भएको छ ।

मंसिर ४ गते भएको निर्वाचनमा सत्ता गठबन्धनका कार्याकर्ताले बुथ कब्जा गरी एकलौटी ढङ्गले मत खसालेको ठहर गर्दै निर्वाचन आयोगले आज बिहीबार पुनः मतदान गराउन लागेको हो ।

जिल्लाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात वटा मतदान केन्द्रमा र वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र मतदान हुँदै छ ।

आयोगको मंसिर ११ गतेको बैठकले यी क्षेत्रमा पुनः मतदानको निर्णय गरेको थियो ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।

१० मतदान केन्द्रमा कुल ८ हजार ५१४ मतदाता रहेका छन् ।